close

समाजसेवी वा बालमनोविज्ञमा सूचीकृत हुन चाँगुनारायणको आग्रह

समाजसेवी वा बालमनोविज्ञमा सूचीकृत हुन चाँगुनारायणको आग्रह

Trulli
ADVERTISEMENT

भक्तपुर । चाँगुनारायण नगरपालिकाले समाजसेवी र बालमनोविज्ञको रुपमा सूचीकृत हुन अनुरोध गरेको छ । नगरपालिकाले आइतबार एक सूचना जारी गर्दै सो अनुरोध गरेको हो । 

बालबालिकासम्बन्धि ऐन २०७५ र नियमावली २०७८ बमोजिम योग्यता भएका व्यक्तिले आवश्यक कागजातसहित सूचना प्रकासित भएको २१ दिनभित्र आवेदन दिन सक्ने सो सूचनामा उल्लेख गरिएको छ । 

फौजदारी अभियोग नलागेको, शैक्षिक संस्थाबाट सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण गरेको र सामाजिक कार्य विषयमा एक महिना तालिम लिएको व्यक्तिले समाजसेवीको रुपमा आवेदन दिन सक्ने छन्  । ्

त्यस्तै, बालमनोविज्ञको लागि सम्बन्धित विषयमा स्तातक उत्तीर्ण गरेको र एक महिना तालिम लिएका व्यक्तिले आवेदन दिन सक्ने सो सूचनामा उल्लेख गरिएको छ ।