close

सार्वजनिक क्षेत्र खाली गर्न चाँगुनारायणको निर्देशन

सार्वजनिक क्षेत्र खाली गर्न चाँगुनारायणको निर्देशन

Trulli
ADVERTISEMENT

भक्तपुर । चाँगुनारायण नगरपालिकाले सार्वजनिक क्षेत्र खाली गर्न निर्देशन गरेको छ । नगरपालिकाले सोमबार एक सूचना जारी गर्दै नगरभित्रको सार्वजनिक क्षेत्र खाली गर्न निर्देशन गरेको हो । 

सार्वजनिक, सरकारी र पर्ती जग्गाको संरक्षण गर्नको लागि पालिकाले सो निर्देशन दिएको हो । सार्वजनिक क्षेत्रमा टहरा, घर, पसल, कबललगायत संरचनाहरु निर्माण भएकोले खाली गर्न अनुरोध गरेको हो । 

सूचना प्रकासित भएको ३५ दिनभित्र सो संरचना नहटाएमा कानुन बमोजिम कारबाही गर्ने पालिकाले जनाइएको छ ।