close

५० प्रतिशत अनुदान कार्यक्रममा सहभागी हुन सूर्यविनायकको अनुरोध

५० प्रतिशत अनुदान कार्यक्रममा सहभागी हुन सूर्यविनायकको अनुरोध

Trulli
ADVERTISEMENT

भक्तपुर । सूर्यविनायक नगरपालिकाले ५० प्रतिशत अनुदान कार्यक्रममा सहभागी हुन अनुरोध गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै ५० प्रतिशत अनुदान कार्यक्रममा सहभागि हुन स्थानीय समक्ष अनुरोध गरेको हो । 

सुचना अनुसार पशुपन्छि विकास कार्यक्रम अन्तर्गत बिउको बोका र बाख्रा वितरण कार्यक्रममा सहभागी हुन अनुरोध गरेको हो । इच्छुक व्यक्तिले  सूचना प्रकासित भएको पन्ध्र दिनभित्र पालिकामा आवेदन दिन अनुरोध गरेको छ । 

नागरिकताको प्रतिलिपी र सम्बन्धित वडा कार्यालयको सिफारिससहित आवेदन दिन सक्ने नगरपालिकाले जनाएको छ ।