close

व्यवसायिक च्याउ खेतीको लागि आवेदन दिन चन्द्रागिरीको अनुरोध

व्यवसायिक च्याउ खेतीको लागि आवेदन दिन चन्द्रागिरीको अनुरोध

Trulli
ADVERTISEMENT

काठमाडौं । चन्द्रागिरी नगरपालिकाले व्यवसायिक च्याउ खेतीको लागि आवेदन दिन अनुरोध गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै सो अनुरोध गरेको हो । 

सूचना अनुसार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत च्याउको साना कृषि व्यवसायिक  उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले आवेदन माग  गरिएको हो । 

इच्छुक संस्था, फर्म, सहकारीहरुले सूचना प्रकासित भएको पन्ध्र दिनभित्र आवेदन दिन सक्ने  सो सूचनामा उल्लेख गरिएको छ । 

सम्बन्धित वडा कार्यालयको सिफारिससहित पालिकामा निवेदन दिन सक्ने नगरपालिकाले जनाएको छ ।