close

बंगुर पकेट विकास कार्यक्रममा सहभागी हुन अनुरोध

बंगुर पकेट विकास कार्यक्रममा सहभागी हुन अनुरोध

Trulli
ADVERTISEMENT

सुनसरी । धरान उपमहानगरपालिकाले बंगुर पकेट विकास कार्यक्रममा सहभागी हुन अनुरोध गरेको छ । उपमहानगरपालिकाले मंगलबार एक सूचना जारी गर्दै कार्यक्रममा सहभागी हुन अनुरोध गरेको हो । 


सूचना अनुसार प्रधानमन्त्री कृषि आधुनिकीरकण परियोजना अन्तर्गत बंगुर पकेट विकास कार्यक्रम वडा नम्बर १७ र २०  मा सञ्चालन गरिने छ । सो कार्यक्रममा सहभागी हुन चाहने इच्छुक व्यक्ति, फर्म तथा संस्थाले सूचना प्रकासित भएको १५ दिनभित्र अर्थात् पुस १२ गते भित्र आवेदन दिन सक्ने सो सूचनामा उल्लेख गरिएको छ । 

आवेदनको ढाँचा उपमहानगरपालिकाको वेबसाइटमा पाइनेछ । आवश्यक कागजातसहित कार्यालयमा आवेदन दिन उपममहानगरपालिकाले अनुरोध गरेको जनाइएको छ ।