close

वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिलाई सूचीकृत हुन अनुरोध

वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिलाई सूचीकृत हुन अनुरोध

Trulli
ADVERTISEMENT

नवलपरासी । देवचुली नगरपालिकाले वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिलाई सूचीकृत हुन अनुरोध गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै सो अनुरोध गरेको हो । 

सूचना अनुुसार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय  र वैदेशिक वोर्डको सचिवालयको सहकार्यमा स्वदेशमा रोजगारी सृजना गर्नको लागि नगरपालिकाले सूचीकृत हुन अनुरोध गरेको हो । 

वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिको तथ्यांक संकलन गर्नको लागि सो कार्यक्रममा सहभागी हुन पालिकाले अनुरोध गरेको हो । सोका लागि फाराम भरी सम्बन्धित वडा कार्यालयमा  पठाउन नगरपालिकाले अनुरोध गरेको जनाइएको छ ।