close

भूमिहीन सुकुम्बासीको लगत संकलन गर्न पनौती सरकारको अनुरोध

भूमिहीन सुकुम्बासीको लगत संकलन गर्न पनौती सरकारको अनुरोध

Trulli
ADVERTISEMENT

काभ्रेपलाञ्चोक । पनौती नगरपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको लगत तथा निवेदन संकलन गर्न अनुरोध गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै पालिका अन्तर्गतका सबै वडा कार्यालयलाई लगत वा निवेदन संकलन गर्न अनुरोध गरेको हो । 

सूचना अनुसार नगरपालिकाले केही समयअघि सो कार्यक्रम सूचारु गरेको थियो । तर लगत संकलन कार्यक्रम केही समयको लागि स्थगित गरिएको नगरपालिकाले जनाएको छ । भूमि आयोगले लगत संकलन गर्न पुन निर्देशन दिएसँगै पालिकाले सूचारु गर्न लागेको जनाइएको छ । 

सूचना अनुसार पौष ५ गतेसम्म सात दिनको म्याद थप गरी लगत संकलन गर्न सकिने छ ।