close

स्वास्थ्य विमाको लागि सम्पर्क गर्न भीमफेदीको अनुरोध

स्वास्थ्य विमाको लागि सम्पर्क गर्न भीमफेदीको अनुरोध

Trulli
ADVERTISEMENT

मकवानपुर । भीमफेदी गाउँपालिकाले स्वास्थ्य विमा कार्यक्रमको लागि सम्पर्क गर्न अनुरोध गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै स्वास्थ्य विमा कार्यक्रम सञ्चालन गर्नको लागि पालिकाभित्रका एजेन्टहरुलाई सम्पर्क गर्न अनुरोध गरेको हो । 
 
पालिकामा बसोबास गर्दै आएका चेपाङ समुदाय र स्वास्थ्य स्वयम् सेविकाको स्वास्थ्य विमा गर्नको लागि सम्पर्कमा आउन अनुरोध गरेको गाउँपालिकाले जनाएको हो । 

इच्छुक एजेन्टहरुले गाउँपालिकाको स्वास्थ्य शाखामा सम्पर्क गरी आवश्यक पक्रिया सुरु गर्न सोही सूचनामार्फत अनुरोध गरिएको जनाइएको छ ।