close

६० प्रतिशत अनुदानमा स्प्रेयर वितरण गर्दै जहदा

६० प्रतिशत अनुदानमा स्प्रेयर वितरण गर्दै जहदा

Trulli
ADVERTISEMENT

मोरङ । जहदा गाउँपालिकाले अनुदानमा पावर स्पे्रयर वितरण गर्ने भएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै सो कार्यक्रममा सहभागी हुन अनुरोध गरेको हो । 

सूचना अनुसार चालू आर्थिक वर्ष २०७९ र ०८० को कृषि कार्यक्रम अन्तर्गत ६० प्रतिशत अनुदानमा स्प्रयेर वितरण गर्न लागेको हो । इच्छुक व्यक्ति तथा सहकारी संस्थाले सूचना प्रकासित भएको पन्ध्र दिनभित्र आवेदन दिन सक्ने सो सूचनामा उल्लेख गरिएको छ । 

कार्यक्रममा सहभागी हुन चाहने व्यक्तिले ४० प्रतिशत अर्थात् २४१६ रुपैयाँ विराटनगरस्थित माछापुच्छ्रे बैंकमा जम्मा गर्नु पर्ने गाउँपालिकाले जनाएको छ । आवश्यक सम्पूर्ण कागजात कृषि शाखामा बुझाउने पर्ने गाउँपालिकाले जनाएको छ ।