close

उर्लाबारीमा  क्षमता विकास तालिम

उर्लाबारीमा  क्षमता विकास तालिम

Trulli
ADVERTISEMENT

मोरङ । उर्लाबारी नगरपालिकाले क्षमता विकास कार्यक्रम सञ्चालन गर्ने भएको छ । नगरपालिकाले आर्थिक वर्ष २०७९ र ०८० को कार्यक्रम अनुसार क्षमता विकास कार्यक्रम सञ्चालन गर्न लागेको हो । 

कार्यक्रम अन्तर्गत नगरपालिकाले २० जनालाई इलेक्टिसियन र ५० जनालाई लोक सेवाको तयारी कक्षा सञ्चालन गरिने प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले बताए । उनका अनुसार तालिम क्रमश ९० घण्टा र ३५ दिनको हुनेछ । 

कार्यक्रममा सहभागी हुन चाहने व्यक्तिले सूचना प्रकासित भएको ७ दिनभित्र आवश्यक कागजातसहित पालिकामा आवेदन दिनु पर्ने उनले बताए । सोका लागि १८ वर्ष पुरा भई ४० वर्ष ननाघेका व्यक्तिले आवेदन दिन सक्ने नगरपालिकाले बताएको छ ।