close

लेखा परिक्षणको लागि दरखास्त माग

लेखा परिक्षणको लागि दरखास्त माग

Trulli
ADVERTISEMENT

काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिकाले लेखापरिक्षणको लागि दरखास्त पेश गर्न अनुरोध गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै दरखास्त पेश गर्न अनुरोध गरेको हो । 

सूचना अनुसार नगरभित्र सञ्चालित सामुदायिक  विद्यालयको  आर्थिक वर्ष २०७८/०७९ सम्मको लेखा परिक्षण गर्नु पर्ने भएकोले दरखास्त आव्हान गरेको हो । 

नेपाल चार्टर एकाउन्टेन्टस्मा दर्ता भएका लेखा परिक्षकले आवश्यक कागजातसहित माघ १० गतेसम्म आवेदन दिन सक्ने नगरपालिकाले जनाएको छ ।