close

नक्सा पास गर्न धरानको अनुरोध

नक्सा पास गर्न धरानको अनुरोध

Trulli
ADVERTISEMENT

सुनसरी । धरान उपमहानगरपालिकाले भवन निर्माण गर्नको लागि नक्सा पास गर्न अनुरोध गरेको छ । उपमहानगरपालिकाले एक सूचना जारी गर्दे भवन निर्माणको लागि नक्सा पास गर्न अनुरोध गरेको हो । 

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा २७ को उपदफा  १ अनुसार नगर क्षेत्रभित्र कुनै पनि भवन तथा संरचना निर्माण गर्दा नगरपालिकाबाट पूर्व स्वीकृती लिन निर्देशन दिएको छ । 

स्वीकृती नलिई निर्माण भएका सरकारी संस्था,  गैरसरकारी संस्थालगायत अन्य निकायले नक्सा पास गराउन अनुरोध गरेको छ । नक्सा पास नगरे कानुन बमोजिम कारबाही गरिने उपमहानगरपालिकाले जनाएको छ ।