close

करार सम्झौता नविकरण गर्न माडीको निर्देशन

करार सम्झौता नविकरण गर्न माडीको निर्देशन

Trulli
ADVERTISEMENT

रोल्पा । माडी गाउँपालिकाले करार सम्झौता नविकरण गर्न निर्देशन दिएको छ । गाउँपालिकाले बिहिबार एक सूचना जारी गर्दै नविकरण गर्न निर्देशन दिएको हो । 

सूचना अनुसार पालिकाअन्तर्गतका वडा कार्यालयमा करार र ज्यालादारीको रुपमा कार्यरत कर्मचारीलाई आर्थिक वर्ष २०७९ र ०८० को माघ १ गतेबाट लागू हुने गरी करार नविकरण गर्ने निर्णय भएकोले सो निर्देशन गरेको हो । 

नविकरणका लागि पालिकामा आवेदन लिन र हाजिरी संलग्न राखेर पेश गर्न गाउँपालिकाले अनुरोध गरेको जनाइएको छ ।