close

मेलमिलापकर्तासम्बन्धि यशोधरामा एक दिने अभिमुखीकरण

मेलमिलापकर्तासम्बन्धि यशोधरामा एक दिने अभिमुखीकरण

Trulli
ADVERTISEMENT

कपिलवस्तु । यशोधरा गाउँपालिकाले न्यायिक समिति तथा मेलमिलापकर्ताहरुको काम, कर्तव्य र विवाद निरुपण सम्बन्धि अभिमुखीकरण गर्ने भएको छ । गाउँपालिकाले चालू आर्थिक वर्षमा स्वीकृत कार्यक्रम अनुरुप एक दिने अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्न लागेको हो । 

गाउँपालिकाको अनुसार सो कार्यक्रममा सहभागी हुन चाहने व्यक्तिले माघ ९ गतेभित्र आवेदन दिन सक्ने छन् । योग्यता पुगेका व्यक्तिलाई आवेदन दिन गाउँपालिकाले अनुरोध गरेको छ । 

३० वर्ष उमेर पुरा भएका, एसईई वा सो  सरहको तह उत्तीर्ण गरेको व्यक्तिले नागरिकताको प्रतिलिपि र दुई वटा फोटोसहित निवेदन दिन सक्ने जनाइएको छ ।