close

५० प्रतिशत अनुदनमा मेसिन वितरण गर्दै जहदा

५० प्रतिशत अनुदनमा मेसिन वितरण गर्दै जहदा

Trulli
ADVERTISEMENT

मोरङ। जहदा गाउँपालिकाले ५० प्रतिशत अनुदानमा धान तथा गहुँ काट्ने मेसिन वितरण गर्ने भएको छ । गाउँपालिकाले चालू आर्थिक वर्ष २०७९/०८० को कार्यक्रम अनुसार मेसिन वितरण गर्न लागेको हो । 

सो कार्यक्रममा सहभागी हुनका लागि गाउँपालिकाले स्थानी बासिन्दासँग आवेदन माग गरेको छ । गाउँपालिकाको अनुसार कार्यक्रममा सहभागी हुन चाहने स्थानीयले आवश्यक कागजातसहित माघ २७ गते सम्म आवेदन दिन सक्नेछन् । 

कार्यक्रममा सहभागी हुने स्थानीयले मेसिन खरिदको लागि ५० प्रतिशत लागत व्यहोर्नु पर्ने गाउँपालिकाले जनाएको छ ।