close

अपाङ्गता भएका व्यक्तिलाई सामग्री माग गर्न माडीको अनुरोध

अपाङ्गता भएका व्यक्तिलाई सामग्री माग गर्न माडीको अनुरोध

Trulli
ADVERTISEMENT

चितवन । माडी नगरपालिकाले अपाङ्गता  व्यक्तिको सहायताको लागि सामग्री वितरण गर्ने भएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै नगर क्षेत्र भित्र बसोबास गर्ने अपाङ्गता व्यक्तिलाई सामग्री वितरण गर्ने जनाएको छ । 

नगरपालिकाको अनुसार सो सामग्रीका लागि सम्बन्धित व्यक्तिले माग फाराम भर्नुपर्ने छ । सम्बन्धित व्यक्तिले फागुन १२ गतेसम्म नगरपालिकामा माग आवेदन भर्नुपर्ने जनाइएको छ । 

आवश्यक कागजातसहित आफूलाई आवश्यक सामग्रीको माग फाराम भर्नुपर्ने नगरपालिकाले बताएको छ ।