close

५० प्रतिशत अनुदानमा मकै विउ वितरण गर्दै ककनी

५० प्रतिशत अनुदानमा मकै विउ वितरण गर्दै ककनी

Trulli
ADVERTISEMENT

नुवाकोट । ककनी गाउँपालिकाले ५० प्रतिशत अनुदानमा मकैको विउ वितरण गर्ने भएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै ५० प्रतिशत अनुदानमा मकैको विउ वितरण गर्ने जनाएको हो । 

गाउँपालिकाको अनुसार पालिकाभित्रका कृषक, कृषि समूह, कृषि सहकारी र फार्मलाई ५० प्रतिशत अनुदानमा विउ वितरण गर्न लागेको हो । चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुसार दोस्रो चौमासिकको मकैको विउ वितरण गर्न लागेको हो । 

इच्छुक कृषकले सूचना प्रकासित भएको १५ दिनभित्र आवेदन दिन सक्ने गाउँपालिकाले जनाएको छ । आवश्यक कागजातसहित फागुन ५ गतेभित्र आवेदन दिन सक्ने सो सूचनामा उल्लेख गरिएको छ ।