close

शीत भण्डार सञ्चालन गर्दै रामपुर

शीत भण्डार सञ्चालन गर्दै रामपुर

Trulli
ADVERTISEMENT

पाल्पा । रामपुर नगरपालिकाले शीत भण्डार सञ्चालन गर्ने भएको छ । नगरपालिकाले वडा नम्बर ५ मा रामपुर शीत भण्डार सञ्चालन गर्न लागेको हो । 

नगरपालिकाको अनुसार शीत भण्डार सञ्चालन गर्नको लागि स्थानीयसँग प्रस्ताव माग गरेको छ । पालिकाभित्र सञ्चालित इच्छुक सहकारी संस्था, समूहले सूचना प्रकासित भएको ७ दिनभित्र आवेदन दिन सक्ने नगरपालिकाले जनाएको छ । 

संस्था दर्ताको प्रमाणपत्रको प्रतिलिपि, संस्थाको निर्णयको प्रतिलिपि र आवश्यक कागजातसहित आवेदन दिनु पर्ने नगरपालिकाले जनाएको छ ।