close

राप्ती सोनारमा कर्मचारी माग

राप्ती सोनारमा कर्मचारी माग

Trulli
ADVERTISEMENT


बाँके । राप्ती सोनार गाउँपालिकाले करार सेवामा कर्मचारी माग गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै करार सेवामा एक जना कर्मचारी माग गरेको हो । 

गाउँपालिकाको अनुसार विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि कानुन समूहको सहायक  स्तरको पाँचौको एक जना कर्मचारी माग गरिएको हो । इच्छुक व्यक्तिले सूचना प्रकासित भएको १५ दिनभित्र आवेदन दिन सक्ने गाउँपालिकाले जनाएको छ । 

१८ वर्ष पुरा भई ४० वर्ष ननाघेका व्यक्तिले आवेदन दिन सक्ने गाउँपालिकाले जनाएको छ । आवेदकहरुबीच लिखित, मौखिक तथा प्रयोगात्मक परीक्षा गराई योग्य व्यक्ति छनोट गरिने गाउँपालिकाले जनाएको छ ।