चितवन। माडी नगरपालिकाले अर्धवार्षिक सार्वजनिक सुनुवाई गर्ने भएको छ।
यहि माघ २६ अर्थात् बिहिबार दिउँसो १२ः३० बजेबाट बसन्तपुर बजारको खुला मंचमा आव ०७९/०८० को अर्धवार्षिक सार्वजानिक सुनुवाई कार्यक्रम हुन लागेको हो।
उक्त कार्यक्रममा सहभागी हुन माडीमा क्रियासिल राजनैतिक दल, समाजसेवी, बुद्धिजीवी,नागरिक समाज,संघ संस्था तथा नगरबासीमा पालिकाले सुचना जारी गर्दै अनुरोध गरेको छ ।