close

गाउँपालिकाको अनुदानमा पशु वीमा

गाउँपालिकाको अनुदानमा पशु वीमा

Trulli
ADVERTISEMENT

बारा । करैयामाई गाउँपालिकाले अनुदानमा पशु वीमा गर्ने भएको छ । गाउँपालिकाले पालिका क्षेत्र पालिएका पशुको ७५ प्रतिशत अनुदानमा वीमा गर्न लागेको हो । 

गाउँपालिकाको चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप वीमा गर्न लागेको जनाइएको छ । वीमाको लागि स्थानीय बासिन्दासँग आवेदन माग गरेको पालिकाले जनाएको छ । 

वीमाको लागि पालिकाभरीबाट २५० जना कृषकहरुको आवेदन परेको जनाइएको छ । वीमाको लागि पालिकाले ७५ प्रतिशत र स्थानीयले २५ प्रतिशतले व्यहोर्नु पर्ने गाउँपालिकाको पशु शाखाले जनाएको छ । 

वीमा गर्नको लागि फागुन १५ गतेभित्र दर्ता गराउन अनुरोध गरिएको छ ।