मुस्ताङ । घरपझोङ गाउँपालिकाले करार सेवामा कर्मचारी माग गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै करार सेवामा गुनासो सुनुवाई अधिकारी माग गरेको हो ।
सूचना अनुसार गरिब पहिचान तथा परिचय वितरण कार्यक्रम अन्तर्गत पालिकामा तथ्यांक संकलनमा सम्बन्धित नागरिक वा स्थानीयको गुनासो सुन्नको लागि अधिकारी भर्ना लागेको हो । योग्यता पुगेका व्यक्तिले सूचना प्रकासित भएको ७ दिनभित्र आवेदन दिन सक्ने गाउँपालिकाले जनाएको छ ।
आवश्यक कागजातसहित आवेदन दिन सक्ने गाउँपालिकाले जनाएको छ । आवेदकहरुबीच कम्प्युटर प्रयोगात्मक र अन्तर्वार्तामार्फत छनोट गरिने गाउँपालिकाले जनाएको छ ।