close

पसल दर्ता तथा नविकरण गर्न निर्देशन

पसल दर्ता तथा नविकरण गर्न निर्देशन

Trulli
ADVERTISEMENT

कपिलवस्तु । यशोधरा गाउँपालिकाले पसल नविकरण तथा दर्ता गर्न अनुरोध गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै सो अनुरोध गरेको हो । 

गाउँपालिकाको अनुसार पालिकाभित्र सञ्चालनमा रहेका पसल तथा व्यवसायको वार्षिक नविकरण गर्न अनुरोध गरेको हो । पालिकामा दर्ता भइ सञ्चालनमा रहेका व्यवसायलाई फागुन १५ गतेभित्र कर तिर्न अनुरोध गरिएको  जनाइएको छ । 

दर्ता नभई सञ्चालनमा आएका व्यवसाय फागुन मसान्तमा दर्ता गर्न पालिकाले अनुरोध गरेको छ ।