close

हात्तीपाइले विरुद्ध औषधी सेवन अभियान सञ्चालन गर्दै गढवा

हात्तीपाइले विरुद्ध औषधी सेवन अभियान सञ्चालन गर्दै गढवा

Trulli
ADVERTISEMENT

दाङ । गढवा गाउँपालिकाले हात्तीपाइले विरुद्ध औषधी सेवन गराउने भएको छ । गाउँपालिकाको आयोजनामा फागुन ११ गतेदेखि हात्तीपाइले रोग(फाइलेरिया) विरुद्ध औषधी सेवन गराउन लागेको हो । 

गाउँपालिकाको अनुसार राष्ट्रिय हात्तीपाइले निवारण कार्यक्रम २०७९ अन्तर्गत आम औषधी सेवन अभियान सञ्चालन गर्न लागेको हो । 

गाउँपालिकाले सबै स्थानीय बासिन्दालाई सो औषधी सेवन गर्नको लागि अनुरोध गरेको छ । स्थानीय बासिन्दालाई हात्तीपाइले रोगबाट बचाउनका लागि सो अभियान सञ्चालन गर्न लागेको जनाइएको छ ।