close

प्रस्तावना पेश गर्न गढवाको अनुरोध

प्रस्तावना पेश गर्न गढवाको अनुरोध

Trulli
ADVERTISEMENT

दाङ । गढवा गाउँपालिकाले प्रस्तावना पेश गर्न अनुरोध गरेको छ । गाउँपालिकाले एक सूचना जारी लक्षित वर्गको कार्यक्रमसम्बन्धि प्रस्तावना पेश गर्न अनुरोध गरेको हो । 

गाउँपालिकाको अनुसार माघ २९ गते  बसेको कार्यपालिका बैठकको निर्णय अनुसार पालिकाले ३० प्रतिशत साझेदारीमा कार्यक्रम सञ्चालन गर्न लागेको छ । सो निर्णय अनुसार गाउँपालिकाले ढकिया बुनाई र सुइटर बुन्ने तालिम सञ्चालन गर्न लागेको हो । 

तालिमको लागि ७० प्रतिशत गाउँपालिका र ३० प्रतिशत स्थानीयले व्यहोर्नु पर्ने गाउँपालिकाले जनाएको छ । इच्छुक व्यक्ति तथा संस्थाले सूचना प्रकासित भएको १५ दिनभित्र आवेदन दिनुपर्ने सो सूचनामा उल्लेख गरिएको छ ।