close

सार्वजनिक सुनुवाई गर्दै नासों सरकार

सार्वजनिक सुनुवाई गर्दै नासों सरकार

Trulli
ADVERTISEMENT

मनाङ । नासों गाउँपालिकाले सार्वजनिक सुनुवाई गर्ने भएको छ । गाउँपालिकाले यही फागुन २३ गते सार्वजनिक सुनुवाई गर्न लागेको हो । 

गाउँपालिकाको अनुसार पालिकाको कार्यपालिका भवनमा सार्वजनिक सुनुवाई हुने छ । सार्वजनिक सुनुवाईमा स्थानीय नागरिक, सरोकारवाला निकाय तथा जनप्रतिनिधि सहभागी हुने गाउँपालिकाले जनाएको छ । 

सो कार्यक्रममा सहभागी हुनका लागि गाउँपालिकाले स्थानीय बासिन्दालाई अनुरोध गरेको छ । कार्यक्रममा सहभागी भएर पालिका भइरहेको कार्यक्रमबारे गुनासो र जिज्ञासा राख्न सक्ने गाउँपालिकाले जनाएको छ ।