close

नासोँमा महिलाहरुको लागि नेतृत्व विकास तथा उद्घोषण तालिम

नासोँमा महिलाहरुको लागि नेतृत्व विकास तथा उद्घोषण तालिम

Trulli
ADVERTISEMENT

मनाङ। नासोँ गाउँपालिकाले महिलाहरुको लागि नेतृत्व विकास तथा उद्घोषण तालिम सञ्चालन गर्ने भएको छ । 

चालु आर्थिक वर्ष २०७९/८० को  स्विकृत महिला लक्षित कार्यक्रम अन्तर्गत उक्त तालिम सञ्चालन गर्न लागिएको गाउँपालिकाले सोमबार एक सुचना जारी गर्दै जनाएको छ। 

तालिम गाउँपालिका भवनसँगै रहेको धारापानी आमा समुह भवनमा फागुन ११ देखि १७ गतेसम्म बिहान १० देखि बेलुका ५ बजेसम्म सञ्चालन हुने छ। प्रत्येक वडाबाट तीन जना महिलालाई उक्त तालिम प्रदान गर्ने गाउँपालिकाले जनाएको छ।