close

सडक क्षेत्रको सामग्री हटाउन पोखराको निर्देशन

सडक क्षेत्रको सामग्री हटाउन पोखराको निर्देशन

Trulli
ADVERTISEMENT

कास्की । पोखरा महानगरपालिकाले सडक किनारामा राखिएका सामग्री हटाउन निर्देशन दिएको छ । महानगरपालिकाले एक सूचना जारी सामग्री हटाउन निर्देशन दिएको हो । 

महानगरपालिकाको अनुसार  वडा नं २७, ३० र ३१ मा पर्ने तालचोक वेगनासताल सडक सडक खण्ड विश्व बैङ्कको आर्थिक सहयोगमा स्तरोन्नति हुन गइरहेकोले उक्त सडकको क्षेत्राधिकारमा रहेको सामग्री हटाउन निर्देशन दिएको हो । 

सो सडकको केन्द्रबाट दायाँ–बायाँ ५० फिट भित्र पर्ने घर, टहरा, अस्थायी संरचना, खेतीपाती साथै व्यक्तिगत प्रयोजनका सम्पूर्ण सामाग्रीहरू हटाउन सूचना जारी गरिएको हो । सूचना प्रकासित भएको १५ दिन भित्र सो सामग्री हटाउन पालिकाले अनुरोध गरेको जनाइएको छ