close

तालिमको लागि नामावली पठाउन धनगढीमाईको अनुरोध

तालिमको लागि नामावली पठाउन धनगढीमाईको अनुरोध

Trulli
ADVERTISEMENT

सिरहा । धनगढीमाई नगरपालिकाले मेलमिलाप कर्ता छनोट गरी पठाउन वडा कार्यालयलाई अनुरोध गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै  तालिममा सहभागी हुनका लागि मेलमिलापकर्ताको नामावली पठाउन अनुरोध गरेको हो । 

नगरपालिकाको अनुसार वडागत रुपमा विवाद समाधान गर्न वा गराउनका लागि मेलमिलापकर्तालाई तालिम दिन लागेको हो । सोका लागि फागुन २४ गतेभित्र नामावली पठाउनु पर्ने नगरपालिकाले जनाएको छ । 

कक्षा १२ उत्तीर्ण गरेका व्यक्तिको नामावली छनोट गरेर पठाउनु पर्ने जनाइएको छ।