close

जिविकोपार्जनमा सहज गर्नका लागि अशक्त व्यक्तिलाई सामग्री वितरण गरिदैँ

जिविकोपार्जनमा सहज गर्नका लागि अशक्त व्यक्तिलाई सामग्री वितरण गरिदैँ

Trulli
ADVERTISEMENT

धादिङ । गंगाजमुना गाउँपालिकाले शारीरिक रुपमा अशक्त भएका व्यक्तिलाई सामग्री वितरण गर्ने भएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै अशक्त व्यक्तिको सहायताको लागि सामग्री वितरण गर्न लागेको हो । 

गाउँपालिकाका अनुसार चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप सो कार्यक्रम सञ्चालन गर्न लागेको हो । शारीरिक  रुपमा अशक्त भएका  व्यक्तिहरुको दैनिक जीवनयापनमा सहज गर्नको लागि पालिकाले सो सामग्री वितरण गर्न लागेको हो । 

सो कार्यक्रममा सहभागी हुनका लागि सम्बन्धित व्यक्तिको परिवारले सूचना प्रकासित भएको १५ दिनभित्र आवेदन दिन गाउँपालिकाले अनुरोध गरेको छ । आवश्यक कागजातसहित आवेदन दिन सक्ने गाउँपालिकाले सो सूचनामा उल्लेख गरेको छ ।