close

आरुघाटमा लोकनृत्य प्रतियोगिता हुने

आरुघाटमा लोकनृत्य प्रतियोगिता हुने

Trulli
ADVERTISEMENT

गोरखा । आरुघाट गाउँपालिकाले लोकनृत्य प्रतियोगिता गर्ने भएको छ । गाउँपालिकाले ११३ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा लोकनृत्य प्रतियोगिता गर्न लागेको हो । 

गाउँपालिकाको अनुसार फागुन २४ गते प्रतियोगिता सञ्चालन हुने छ । प्रतियोगितामा सहभागी हुनका लागि इच्छुक व्यक्ति तथा समूहले फागुन २३ गतेभित्र आवेदन दिन सक्ने गाउँपालिकाले जनाएको छ । 

पालिकाभित्र रहेका महिला समूहलाई सो प्रतियोगितामा सहभागी हुन गाउँपालिकाले जनाएको छ । पालिकाभित्रका १० वटै वडाका व्यक्तिहरु सहभागी हुन सक्ने गाउँपालिकाले सो सूचनामा जनाएको छ ।