close

दोगडा केदारमा करार सेवामा ९ जना कर्मचारी माग

दोगडा केदारमा करार सेवामा ९ जना कर्मचारी माग

Trulli
ADVERTISEMENT

बैतडी । दोगडा केदार गाउँपालिकाले करार सेवामा कर्मचारी माग गरेको छ । गाउँपालिकाले मंगलबार एक सूचना जारी गर्दै करार सेवामा कर्मचारी माग गरेको हो । 

सूचना अनुसार गाउँपालिकाले विभिन्न पदमा ९ जना कर्मचारी माग गरेको हो । गाउँपालिकाले अनमी चौथों तहमा  ५ जना, अहेव चौथों तहमा ३ जना र ल्याब असिस्टेन्ट तहमा एक जना गरी ९ जना कर्मचारी माग गरेको हो । 

योग्यता पुगेका इच्छुक व्यक्तिले सूचना प्रकासित भएको १५ दिनभित्र दरखास्त आवेदन दिन सक्ने गाउँपालिकाले जनाएको छ । आवश्यक कागजातसहित ५०० रुपैयाँको दस्तुर तिरेर आवेदन दिन सक्ने गाउँपालिकाले आवेदन दिनु पर्नेछ । आवेदकहरुबीच लिखित र अन्तर्वार्तामार्फत योग्य व्यक्ति छनोट गरिने गाउँपालिकाले जनाएको छ ।