close

मोदीमा तेस्रो राष्ट्रिय सभा अध्यक्ष कप २०७९ तथा पालिकाको सातौं स्थापना दिवस

मोदीमा तेस्रो राष्ट्रिय सभा अध्यक्ष कप २०७९ तथा पालिकाको सातौं स्थापना दिवस

Trulli
ADVERTISEMENT

पर्वत । मोदी गाउँपालिकाले तेस्रो राष्ट्रिय सभा अध्यक्ष कप २०७९ तथा पालिकाको सातौं स्थापना दिवस मनाउने भएको छ । गाउँपालिकाले शुक्रबार एक सूचना जारी गर्दै सो कार्यक्रम मनाउने जनाएको हो । 

गाउँपालिकाको सूचनाको अनुसार राष्ट्रियसभाको अध्यक्ष गणेश तिमिल्सिनाको प्रमुख आतिथ्यतामा शनिबारदेखि सो कार्यक्रम सुरु हुनेछ । फागुन २७ गतेदेखि वडा नम्बर १ भुकमा कार्यक्रम सुरु हुने जनाइएको छ  । 

कार्यक्रम २७ गतेदेखि ३० गतेसम्म सञ्चालन हुने गाउँपालिकाले जनाएको छ । चार दिने कार्यक्रममा विभिन्न गतिविधि आयोजनजा गरिने र सो कार्यक्रममा सहभागी हुन पालिकाले अनुरोध गरेको छ ।