close

लुङग्रीमा मनोसामाजिक तालिम

लुङग्रीमा मनोसामाजिक तालिम

Trulli
ADVERTISEMENT

रोल्पा । लुङ्ग्री गाउँपालिकाले मनोसामाजिक मनोविमर्श तालिम सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै तालिम सञ्चालन गर्ने जनाएको हो । 

गाउँपालिकाको समन्वय तथा स्ट्रोम फाउण्डेसन र हुरेक नेपालको साझेदारीमा सञ्चालित दिगो तथा मर्यादित समाजिक आर्थिक सशक्तिकरण (सिड्स) कार्यक्रम अन्तर्गत सो कार्यक्रम सञ्चालन गर्न लागेको हो । तालिम करिब ६ महिना सञ्चालन हुने गाउँपालिकाले जनाएको छ । 

कार्यक्रममा सहभागी हुन चाहने व्यक्तिले सूचना प्रकासित भएको ७ दिनभित्र गाउँपालिकामा आवेदन दिन सक्ने सूचनामा उल्लेख गरिएको छ । कक्षा १२ उत्तिर्ण भएका महिलाले कार्यक्रममा सहभागी हुन सक्नेछन् । 

सो सूचनाको अनुसार आवेदकहरुमध्येबाट एक जनालाई तालिममा सहभागी गराइने छ ।