close

प्राविधिक शिक्षा अध्ययन गर्नेलाई जहदाको छात्रवृत्ति

प्राविधिक शिक्षा अध्ययन गर्नेलाई जहदाको छात्रवृत्ति

Trulli
ADVERTISEMENT

मोरङ । जहदा गाउँपालिकाले प्राविधिक शिक्षामाा छात्रवृत्ति प्रदान गर्ने भएको छ । गाउँपालिकाले शुक्रबार एक सूचना जारी गर्दै प्राविधिक शिक्षामा छात्रवृत्ति वितरण गर्ने जनाएको हो । 

गाउँपालिकाको अनुसार चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप शैलजा गुठी शिक्षण छात्रवृत्ति साझेदारी अनुदान अन्तर्गत शैक्षिक वर्ष २०७९/०८० मा भर्ना भई अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न लागेको हो । 

कार्यक्रममा सहभागी हुन सूचना प्रकासित भएको १५ दिनभित्र आवेदन दिन सक्ने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले तोकिएको ढाँचामा आवेदन दिनुपर्ने सो सूचनामा उल्लेख गरिएको छ ।