close

क्षमता विकासाको लागि ड्राइभिङ तालिम

क्षमता विकासाको लागि ड्राइभिङ तालिम

Trulli
ADVERTISEMENT

मोरङ । उर्लाबारी नगरपालिकाले तालिम सञ्चालन गर्ने भएको छ । नगरपालिकाले सोमबार एक सूचना जारी गर्दै ड्राइभिङ तालिम सञ्चालन गर्ने जनाएको हो । 

नगरपालिकाको अनुसार चालू आर्थिक वर्षको क्षमता विकासको लागि सो तालिम सञ्चालन गर्न लागेको हो । स्थायी रुपमा पालिका क्षेत्रमा बसोबास गर्ने व्यक्तिले सो कार्यक्रममा सहभागी हुन सक्ने नगरपालिकाले जनाएको छ । 

१८ वर्ष पुरा भई ४० वर्ष ननाघेका व्यक्तिले सूचना प्रकासित भएको ७ दिनभित्र आवेदन दिन सक्नेछन । तालिम ३५ दिन सञ्चालन हुने र ३० जना स्थानीयले सहभागीता जनाउन सक्ने  सो सूचनामा उल्लेख गरिएको छ ।