close

प्रस्ताव पेश गर्न आँबुखैरेनीको अनुरोध

प्रस्ताव पेश गर्न आँबुखैरेनीको अनुरोध

Trulli
ADVERTISEMENT

तनहुँ । आँबुखैरेनी गाउँपालिकाले प्रस्ताव पेश गर्न अनुरोध गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै अदुवा/हलेदी खेती, पुष्प/बाँस रोपण कार्यक्रमका लागि प्रस्ताव माग गर्न अनुरोध गरिएको हो । 

चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप सामुदायिक वा सार्वजनिक वन क्षेत्रमा सो कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले इच्छुक व्यक्ति, समूह तथा सहकारी संस्थाले माग आवेदन दिन सक्ने गाउँपालिकाले जनाएको छ । 

गाउँपालिकाको अनुसार सूचना प्रकासित भएको ७ दिनभित्र आवेदन माग दिन सक्ने छ । आवश्यक कागजातसहित आवेदन दिन  पालिकाले अनुरोध गरेको छ  ।