close

साकेलामा तरकारी पकेट कार्यक्रम सञ्चालन गरिने

साकेलामा तरकारी पकेट कार्यक्रम सञ्चालन गरिने

Trulli
ADVERTISEMENT

खोटाङ । साकेला गाउँपालिकाले ५० प्रतिशत लागत साझेदारीमा प्रस्ताव आव्हान गरेको छ । गाउँपालिकाले मंगलबार एक सूचना जारी गर्दै प्रस्ताव आव्हान गरेको हो । 

गाउँपालिकाको अनुसार चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुपको ५० प्रतिशत साझेदारीमा प्रस्ताव पेश गर्न अनुरोध गरिएको हो । सूचना अनुसार गाउँपालिकाले तरकारी पकेट विकास कार्यक्रम र गत २०७८ ०७९ मा स्थापना भएका तरकारी पकेट विकास कार्यक्रम निरन्तरता सञ्चालन गर्न लागेको हो । 

सो कार्यक्रमको लागि पालिकाले क्रमश दुई लाख र एक लाख पचास हजार रुपैयाँ बजेट विनियोजन गरेको गाउँपालिकाले जनाएको छ । कार्यक्रममा सहभागी हुन चाहने कृषि फार्म, सहकारी संस्था, समूहले सूचना प्रकासित भएको ७ दिन भित्र आवेदन दिन सक्ने गाउँपालिकाले जनाएको छ ।