close

अटो रिक्सा दर्ता गर्न लुङ्ग्रीको अनुरोध

अटो रिक्सा दर्ता गर्न लुङ्ग्रीको अनुरोध

Trulli
ADVERTISEMENT

रोल्पा। लुङ्ग्री गाउँपालिकाले तीनपाङ्ग्रे सवारी (अटो रिक्सा) गाउँपालिकामा दर्ता गर्न अनुरोध गरेको छ । बुधबार गाउँपालिकाले एक सुचना जारि गर्दै पालिकाभित्र सञ्चालन भैरहेका अटो रिक्सा दर्ता गर्न अनुरोध गरेको हो। 

स्थानिय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ को उपदफा (४) खण्ड (ट) मा स्थानिय तहभित्र सञ्चालन हुने अटो रिक्सा दर्ता गरेर अनुमति लिएर मात्र सञ्चालन गर्नुपर्ने व्यवस्था छ । सोही बमोजिम सुचना प्रकासित भएको १५ दिन भित्र आफ्नो अटो रिक्सा दर्ता गराउन पालिकाले निर्देशन दिएको हो। 

तोकिएको समयमा दर्ता नगराए प्रचलित कानुनबमोजिम कारबाही गर्ने सुचनामा उल्लेख छ ।