close

साझेदारीमा सिविआर कार्यक्रम सञ्चालन गर्दै मनहरी

साझेदारीमा सिविआर कार्यक्रम सञ्चालन गर्दै मनहरी

Trulli
ADVERTISEMENT

मकवानपुर । मनहरी गाउँपालिकाले साझेदारीमा समुदायमा आधारित पुर्नस्थापना(सिविआर) कार्यक्रम सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै सो कार्यक्रम सञ्चालन गर्ने जनाएको हो । 

गाउँपालिकाको अनुसार अपांगता भएका व्यक्तिहरुको लागि समुदायमा आधारित कार्यक्रम सञ्चालन गर्न लागेको हो । कार्यक्रम सञ्चालन गर्नको लागि स्थानीय संघसंस्थासँग साझेदारी गर्ने योजना बनाएको गाउँपालिकाले जनाएको छ । 

इच्छुक गैरसरकारी संस्थाले सूचना प्रकासित भएको  १५ दिनभित्र आवेदन दिन सक्ने सूचनामा उल्लेख गरिएको छ ।