close

मिट मार्ट स्थापना गर्दै तारकेश्वर

मिट मार्ट स्थापना गर्दै तारकेश्वर

Trulli
ADVERTISEMENT

काठमाडौं । तारकेश्वर नगरपालिकाले मिट मार्ट स्थापनाका लागि प्रस्ताव माग गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै प्रस्ताव माग गरेको हो । 

नगरपालिकाको अनुसार चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप पालिकाले मिट मार्ट स्थापना गर्न लागेको हो । मार्ट स्थापना गर्नको लागि पालिकाले ५० प्रतिशत लागत साझेदारी गर्ने नगरपालिकाले जनाएको छ । 

मार्ट स्थापना गर्न चाहने व्यक्ति तथा संस्थाले सूचना प्रकासित भएको ७ दिनभित्र आवश्यक कागजातसहित आवेदन पेश गर्न सक्ने नगरपालिकाले जनाएको छ ।