close

शंखरापुरमा युवा स्वरोजगार कार्यक्रम

शंखरापुरमा युवा स्वरोजगार कार्यक्रम

Trulli
ADVERTISEMENT

काठमाडौँं । शंखरापुर नगरपालिकाले युवा लक्षित तालिम सञ्चालन गर्ने भएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै युवाहरुलाई स्वरोजगार तालिम सञ्चालन गर्न लागेको जनाएको छ । 

चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप तालिम सञ्चालन गर्न लागेको हो । नगरपालिकाको अनुसार सहायक आलुमिनम फाव्रिकेटर र लाइट भेहिकल मेकानिक्स तालिम सञ्चालन गर्न लागेको हो । 

तालिममा सहभागी हुन चाहने व्यक्तिले चैत्र १४ गतेभित्र आवेदन दिन सक्ने छन् । तालिम ६५ दिन सञ्चालन हुने नगरपालिकाले जनाएको छ ।