close

धानको विउ माग गर्न शिवसताक्षीको अनुरोध

धानको विउ माग गर्न शिवसताक्षीको अनुरोध

Trulli
ADVERTISEMENT

झापा। शिवसताक्षी नगरपालिकाले धानको विउ माग गर्न अनुरोध गरेको छ । नगरपालिकाले आइतबार एक सुचना जारी गर्दै ५० प्रतिशत अनुदानमा धानको बिउ वितरण गर्ने भएकाले माग गर्न अनुरोध गरेको हो।नगरपालिकाले आर्थिक वर्षको स्विकृत कार्यक्रमअनुसार कृषकलाई उन्नत जातको धानको बिउ वितरण गर्न लागेको हो। 

कार्यक्रममा सहभागि हुन इच्छुक कृषक, कृषक समुह तथा कृषि सहकारीले चैत २६ गतेभित्र उन्नत बिउको माग गर्न कृषि विकास शाखामा आवश्यक कागजातसहित माग पेश गर्न नगरपालिकाले अनुरोध गरेको छ।