close

बेरोजगार युवाहरुको आशय पेश गर्न गोलन्जाेरको अनुरोध

बेरोजगार युवाहरुको आशय पेश गर्न गोलन्जाेरको अनुरोध

Trulli
ADVERTISEMENT

सिन्धुली । गोलन्जाेर गाउँपालिकाले बेरोजगार युवाहरुको आशय पेश गर्न अनुरोध गरेको छ । गाउँपालिकाले आइतबार एक सूचना जारी गर्दै सो अनुरोध गरेको हो । 

गाउँपालिकाको अनुसार नेपाल सरकार र कृषि विकास अन्तराष्ट्रिय कोषको संयुक्त आयोजनामा बैदेशिक रोजगारीबाट फकिइएका युवालाई ३९० घण्टा तालिम सञ्चालन गर्न लागेको छ । 

कार्यक्रममा सहभागी हुनका लागि आफूले लिन चाहेको तालिमबारे आवेदन पेश गर्न अनुरोध गरिएको हो । वैदेशिक रोजगारीबाट फर्किएका युवाले चैत्र १३ गतेसम्म आवेदन दिन सक्ने गाउँपालिकाले जनाएको छ ।