close

जनता आवास कार्यक्रमका लागि आवेदन माग

जनता आवास कार्यक्रमका लागि आवेदन माग

Trulli
ADVERTISEMENT

रुकुम पश्चिम । मुसिकोट नगरपालिकाले जनता आवास कार्यक्रम माग गर्न अनुरोध गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै सो कार्यक्रममा माग गर्न सबै वडा कार्यालयलाई पत्राचार गरेको हो । 

नगरपालिकाको अनुसार पूर्वाधार विकास कार्यालय, चौरजहारी रुकुमको आयोजनामा कर्णाली प्रदेश जनता आवास कार्यक्रमको लागि एउटा पालिकाबाट १० वटाको नामावली समावेश गर्नुपर्ने भएकोले सो अनुरोध गरिएको हो । 

राउटे, वादी, गाइनेलगायत सिमान्तकृत तथा विपन्न वर्गबाट प्रत्येक वडामा बढीमा एक जनाको नामावली समावेश गर्न अनुरोध गरेको नगरपालिकाले जनाएको छ । विवरणसहित ५ दिनभित्र पेश गर्नुपर्ने सो सूचनामा उल्लेख गरिएको छ ।