close

बकैयामा उन्नत जातको धानको विउ माग गर्न अनुरोध

बकैयामा उन्नत जातको धानको विउ माग गर्न अनुरोध

Trulli
ADVERTISEMENT

मकवानपुर। बकैया गाउँपालिकाले उन्नत जातको धानको विउ माग गर्न अनुरोध गरेको छ । सोमबार एक सुचना जारी गर्दै गाउँपालिकाले चालु आर्थिक वर्षको स्विकृत कार्यक्रम अनुसार उन्नत जातको धानको विउमा ५० प्रतिशत अनुदान दिन लागेको जनाएको छ। 

गाउँपालिकाले धानको विउ आवश्यक कृषक, कृषक समुह, कृषि सहकारी तथा फर्महरुले आफुलाई चाहिएको धानको विउको जात तथा परिणाम खुल्ने गरि माग पेश गर्न अनुरोध गरेको छ । सुचना प्रकासित भएको २१ दिन अर्थात चैत्र २७ गते सम्ममा गाउँपालिकाको आर्थिक विकास शाखामा तोकिएको कागजात सहित निवेदन पेश गर्न सकिने सुचनामार्फत जनाइएको छ।