close

सामुदायिक वन संरक्षण गर्दै लुङ्ग्री सरकार

सामुदायिक वन संरक्षण गर्दै लुङ्ग्री सरकार

Trulli
ADVERTISEMENT

रोल्पा । लुङ्ग्री गाउँपालिकाले बन संरक्षण अन्तर्गतको कार्यक्रम सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दैै  सो कार्यक्रम सञ्चालन गर्न लागेको जनाएको हो । 

गाउँपालिकाको अनुसार चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप सो कार्यक्रम सञ्चालन गर्न लागेको हो । कार्यक्रममा सहभागी हुन गाउँपालिका भित्रका सामुदायिक वन उपभोक्ता समितिको आवश्यक कागजातसहित सूचना प्रकासित भएको १५ दिनभित्र आवेदन दिन सक्ने पालिकाले जनाएको छ । 

कार्यक्रम सञ्चालन गर्नको लागि गाउँपालिकाले ४ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।