close

लोकसेवा तयारीको निःशुल्क कक्षा सञ्चालन गर्दै झापा

लोकसेवा तयारीको निःशुल्क कक्षा सञ्चालन गर्दै झापा

Trulli
ADVERTISEMENT

झापा । झापा गाउँपालिकाले निःशुल्क लोकसेवा आयोग तयारी कक्षा सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै पालिकाले सो अनुरोध गरेको हो । 

गाउँपालिकाको अनुसार चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप पालिकाले सो तालिम सञ्चालन गर्न लागेको हो । गाउँपालिकाले पाँचौं तह नासु र चौथो तह खरिदारको कक्षा सञ्चालन गर्न लागेको हो । 

तालिममा  सहभागी हुन इच्छुक व्यक्तिले सूचना प्रकासित भएको १५ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिन सक्ने गाउँपालिकाले जनाएको छ । हस्त लिखित निवेदन, शैक्षिक योग्यताको प्रमाणपत्र र नागरिकताको प्रतिलिपिसहित आवेदन दिन सक्ने सो सूचनामा उल्लेख गरिएको छ ।