close

आमाबुबाविहिन बालबालिकाको विवरण संकलन गर्दै बैतेश्वर

आमाबुबाविहिन बालबालिकाको विवरण संकलन गर्दै बैतेश्वर

Trulli
ADVERTISEMENT

दोलखा । बैतेश्वर गाउँपालिकाले आमाबुबाविहिन बालबालिकाको विवरण संकलन गर्ने भएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै अभिभावकविहिन बालबालिकाको विवरण संकलन गर्ने जनाएको हो । 

गाउँपालिकाको अनुसार सो बालबालिकाको संरक्षणको लागि सामाजिक सुरक्षा भत्ता वितरण गर्नुपर्ने भएकोले विवरण संकलन गर्न लागेको हो । गाउँपालिकाले आमाबुबा विहिन बालबालिकालाई मासिक २ हजार रुपैयाँ वितरण गर्ने जनाएको  छ । 

आवश्यक कागजातसहित चैत्र १४ गतेभित्र सम्बन्धित वडा कार्यालयमा निवेदन दिन सक्ने गाउँपालिकाले जनाएको छ ।