close

बंगुरको पाठापाठीको विवरण उपलब्ध गराउन आठराईको अनुरोध

बंगुरको पाठापाठीको विवरण उपलब्ध गराउन आठराईको अनुरोध

Trulli
ADVERTISEMENT

तेह्रथुम । आठराई गाउँपालिकाले बंगुरको पाठापाठी खरिद गर्न प्रस्ताव माग गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै सो अनुरोध गरेको हो । 

गाउँपालिकाको अनुसार पालिकाभित्र बसोबास गर्ने विपन्न, जनजाति तथा दलित समुदायका लागि बंगुरको पाठापाठी खरिद तथा वितरण गर्नुपर्ने भएकोले अनुरोध गरिएको जनाएको छ । सो कार्यक्रमका लागि बंगुरको पाठापाठीको दररेट र कति संख्यामा उपलब्ध गराउन सकिन्छ  जानकारी दिन अनुरोध  गरिएको हो । 

सूचना प्रकासित भएको ७ दिनभित्र सो जानकारी दिन सक्ने गाउँपालिकाले जनाएको छ ।